समाचारआइतबार, भाद्र ३, २०६९
विद्यार्थी सङ्गठनले प्रधानमन्त्री निवास घॆरे
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका ती विद्यार्थी सङ्गठनले ३ भदौमा प्रधानमन्त्री निवास घेरेका हुन । गएको ३२ साउनमा देशभर गरेको सरकारको पक्ष र विपक्षको मतदानको परिणामसहित बिहान ९ बजेदेखि १० बजेसम्म एक घन्टा बालुवाटार घेराउ गरेका थिए ।
वर्तमान सरकार वा राष्ट्रिय सहमतिको सरकार भन्नेमा देशभर १५ लाख २७ हजार मत खसेको थियो । जसमा १४ लाख ८७ हजार सहमतीय सरकारको पक्षमा र २० हजार वर्तमान सरकारको पक्षमा मत खसेको थियो । २० हजार मत बदर भएको थियो ।
नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार मत परिणामलाई प्रधानमन्त्री निवास बालुवाटार कम्पाउन्डको भित्तामा टाँसिएको छ । युवा विद्यार्थी सङ्गठनले उक्त मत परिणामलाई केही समयअघि राष्ट्रपति कार्यालयमा पनि बुझाएका छन् ।
देशभरको जनमतको आधारमा उचित कदम चाल्न समेत राष्ट्रपति समक्ष आग्रह गरिएको प्रवक्ता लामिछानेले बताए । विद्यार्थीको प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि बालुवाटार आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रदर्शनका कारण बालुवाटार क्षेत्रको यातायात अस्तव्यस्त हुँदा कामकाजी कर्मचारी तथा सर्वसाधारणलाई सास्ती भएको थियो । रासस
