थप समाचारशनिबार, फाल्गुण २४, २०७०

वसन्तसँगै खुम्बुमा चहलपहल

हिमालखबर

शब्द तस्वीर: बुद्धबीर बाहिङ

यसैबेला सगरमाथा आरोहीहरुको पनि चाप बढी हुने गर्छ ।

“सगरमाथा चढ्नका लागि आउने एक्सपीडीसन टोलीले फागुन दोस्रो हप्ताबाट आधारशिविरमा गएर ठाउँ रोक्न थाल्छन्, त्यसले गर्दा अहिले खुम्बुमा हिमाल चढाउने शेर्पाहरुको पनि चहलपहल बढेको छ,” सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती संरक्षण क्षेत्र चौंरीखर्कका अध्यक्ष निमदोर्जी शेर्पाले भने ।

यती बेला ३०/३५ जना सगरमाथा चढ्ने विदेशी नागरिकहरु आइलम्पिक हिमाल चढेर पुनः लुक्ला बजारमा आई पुगेका छन् ।

चौंरीखर्क गाविसको लुक्लाबजार, फाक्दिङ, टोकटोक, घाट, मञ्जो र जोरसल्लेमा ‘वसन्त बहार’ आएको जोरसल्लेका होटल व्यवसायी दावाजाङमु शेर्पाले बताए । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित खुम्जुङ गाविसका प्राय सबै गाउँमा रहेका स्थानीयहरु फर्किसकेको जोङ्लाका होटल व्यवसायी आङनुरु शेर्पाले बताए ।

कात्तिक महिनाको पहिलो हप्तादेखि जाडो छल्न गाउँ छोडेका स्थानीयहरु साढे तीन महिनापछि गाउँ फर्कने गरेको नाम्चे बजारका समाजसेवी सोनामग्याल्जेन शेर्पाले बताए । “जाडो महिनामा त यहाँ बस्नु भन्दा देश विदेशमा घुम्न जानु सस्तो हुन्छ, अत्याधिक हिउँले सडक अवरुद्ध भएपछि यहाँ हिउँदमा दैनिक उपभोग्य वस्तुहरु हेलिकोप्टरबाट ल्याउनुपर्छ,” शेर्पा भन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>