समाचारशनिबार, फाल्गुण २४, २०७०
बेलुका लोडसेडिङ नहुने व्यवस्था गर्दैछुः उर्जामन्त्री
ऊर्जा मन्त्री राधा ज्ञवालीले केही दिनमै बेलुका ६ देखि ९ बजेसम्म लोडसेडिङ नहुने बताएकी छन् ।
काठमाडौँमा अन्तर्राष्ट्रिय महिला दिवस–२०७० का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उर्जामन्त्री ज्ञवालीले भनिन्, “महिला दिदीबहिनीहरूले घरमा काम गर्ने तथा विद्यार्थीहरू पढ्ने र समाचार हेर्ने बेलुका ६ देखि ९ बजेसम्म लोडसेडिङ नहुने व्यवस्था गर्दैछु ।”
मन्त्री ज्ञवालीले आफू दैनिक १२ घण्टा लोडसेडिङ भइरहेको चुनौतीपूर्ण समयमा ऊर्जा मन्त्री भए पनि पाँच वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त बनाउन कार्ययोजना बनाउनतर्फ केन्द्रित रहेको बताइन् ।
