थप समाचारआइतबार, फाल्गुण २५, २०७०
काठमाडौंमा फागु शुरु
भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई २५ फागुन बिहान विशेष पूजा गरी ठड्याइएपछि उपत्यकामा औपचारिक रुपमा फागु अर्थात होली पर्व शुरु भएको छ ।
चिर ठड्याउने अवसरमा नेपाली सेनाको गुर्जुको पल्टनले सलामीसमेत दिएको थियो ।
असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रुपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्याई दहन गरेसँगै होली सम्पन्न हुने परम्परा छ ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भई प्रह्लाद बाँचेको पौराणिक कथा सन्दर्भलाई लिएर होली मनाइने गरिन्छ ।
काठमाडौँलगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।
