समाचारआइतबार, फाल्गुण २५, २०७०

कोइराला र खनालबीच साझा कार्यक्रम र २६ सभासदबारे छलफल

हिमालखबर

खनालको निवास डल्लुमा भएको छलफलमा प्रधानमन्त्री कोइराला र अध्यक्ष खनालबीच सरकारको नीति तथा कार्यक्रम र संविधानको प्रमाणिकरणका विषयमा हाल भइरहेको विवादका विषयमा पनि छलफल भएको छ ।

भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले स्थानीय निर्वाचन नहुँदा मुलुकमा अर्बौं रकम अनियमितता भएको, विकास निर्माणका कार्य रोकिएकाले अब चाँडै निर्वाचन गराइने बताए ।

उनले सरकारको न्यूनतम् साझा कार्यक्रमको तयारीका विषयमा पनि कुराकानी भएको जानकारी दिए ।

नयाँ संविधान बनेपछि कसले प्रमाणीकरण गर्ने भन्ने विषयमा दुई दलबीच हाल देखिएको विवादका बारेमा सोधिएको प्रश्नमा नेपाली काँग्रेसका सभापतिसमेत रहेका कोइरालाले यसलाई धेरै विवाद नगरी आपसी समझदारीमा टुङ्गो लगाउने बताए ।

अध्यक्ष खनालले बिम्स्टेक सम्मेलनको सफलता र यसको अध्यक्षको कार्यभार नेपाललाई आएको सम्बन्धमा प्रधानमन्त्री कोइरालाले आफूलाई जानकारी गराएको र दुई पार्टीबीचको समझदारीलाई गहिरो बनाउने कुराकानी भएको बताए ।

उनले भने, “निर्वाचन आयोगले जति छिटो समयमा गर्न सक्छु भन्छ हामीले त्यही समयमा गर्ने तयारी गर्नेछौं । यो काम संविधान जारी हुनुभन्दा अगाडि नै गर्ने पक्षमा छौं ।”

संविधानसभा÷व्यवस्थापिका संसद्को नियमावली मस्यौदा समितिमा कांग्रेसले संविधानको प्रमाणीकरण राष्ट्रपति र एमालेले सभामुखबाट हुनुपर्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री कोइराला र अध्यक्ष खनालबीच २६ जना सभासद्को मनोनयनका विषयमा पनि छलफल भएको थियो ।

काँग्रेस र एमालेबीच आजै एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा वार्ता हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>