समाचारआइतबार, फाल्गुण २५, २०७०
बोक्सीविरुद्धको विधेयक ल्याउन माग
मञ्चले राजधानीमा २५ फागुनमा पत्रकार सम्मेलन गरेर बोक्सी अपराधविरुद्धको प्रस्तावित विधेयक २०७० लाई छिट्टै कानुनको रुप दिन माग गरेको हो । बोक्सीको नाममा हुने अपराधमा कानुनबाटै सजायको व्यवस्था गर्नुपर्नेमा मञ्चले जोड दिएको छ ।
मञ्चकी अध्यक्ष रेणुका मल्ल ठकुरीले देशभर महिला हिंसाका घटना भइरहे पनि सरकारले सुनुवाइ नगरेको गुनासो गरिन् । उनले महिला हिंसालाई निरुत्साहित गर्न पीडकमाथि कडा कानुनी कारवाही हुनुपर्ने बताइन् ।
रासस
