थप समाचारसोमबार, फाल्गुण २६, २०७०
मन्त्री नआउँदा संसद बैठक स्थगित
व्यवस्थापिका संसदको २६ फागुनको बैठक आधा घण्टाको लागि स्थगित भएको हो । मन्त्रीहरु नै उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
सभासद् रामनारायण बिडारीले‘मन्त्री नआउँदा संसद प्रक्रिया चल्न नहुने’ भन्दै बिरोध गरेका थिए । सभासदको विरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
बैठकमा विभिन्न अध्यादेश प्रस्ताव प्रस्तुन गर्ने कार्यसूचि थियो ।
