थप समाचारसोमबार, फाल्गुण २६, २०७०

सामूहिक निर्णय गरेरै कुटपिट हुँदा एकको मृत्यु, ३७ पक्राउ

हिमालखबर

निर्णय गरेरै व्यक्तिको ज्यान लिएको अभियोगमा खोटाङ पाथेका गाविसका ३७ जना पक्राउ परेका छन् । पाथेका गाविस–४ का १८ वर्षीय एलिस भनिने अजय राईको हत्या गरेको अभियोगमा स्थानीय गणेश गिरी लगायत ३७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

राईले स्थानीयवासिन्दालाई दुःख दिएको भन्दै हातखुट्टा भाँचेर प्रहरीलाई बुझाउने निर्णय गरेर २३ फागुनमा कुटपिट गरेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए ।

“पटक–पटक दुःख दिइरहने भएकाले उनको अत्याचार खेप्न नसकेपछि निर्णय गरेरै कुटपिट गरेका रहेछन्,” उनले भने, “कुट्दा–कुट्दै नीजको मृत्यु भएछ ।”

साहका अनुसार कुटपिट गर्ने सबैलाई पक्राउ गरिएको छ । यसमध्ये तीन महिला छन् ।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>