थप समाचारसोमबार, फाल्गुण २६, २०७०

स्थानीय निर्वाचन अहिले होइनः भट्टराई

हिमालखबर

सिमरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाओवादी नेता बाबुराम भट्टराई । तस्वीरः श्याम गुप्ता

एमाओवादी नेता भट्टराईले अहिलेको मुख्य प्राथमिकता संविधान निर्माण भएकाले स्थानीय निर्वाचनमा अल्झिनु नहुनेमा जोड दिए । बारास्थित सिमरा विमानस्थलमा २६ फागुनमा पत्रकारसँग कुरा गर्दै उनले भने, “संविधान निर्माण प्रक्रियामा बाधा पुग्ने गरी अरु काममा अल्झिन नहुने पार्टीको धारणा हो ।”

उनले स्थानीय निर्वाचनभन्दा पनि अहिले सबै दलले संविधान निर्माणमै जोड दिनुपर्ने बताए । “सरकार पनि स्थानीय निकायको निर्वाचनको तयारी होइन, संविधान निर्माणमै केन्द्रित हुनुपर्छ,” उनले जोड दिए ।

नयाँ संविधान प्रमाणीकरण राष्ट्रपतिले कि संविधानसभा अध्यक्षले गर्ने भन्ने विवादलाई न्यून राजनीतिक संस्कारको संज्ञा दिँदै उनले अघिल्लो नियमावलीमा व्यवस्था भए अनुसार नैं अघि बढ्नुपर्ने बताए । उनले भने, “नयाँ संविधान प्रमाणीकरण राष्ट्रपतिले कि संविधानसभा अध्यक्षले गर्ने भनेर किचलो गरेर ढिलाई गर्न हुन्न ।”

उनले संविधान निर्माण प्रक्रियामा ढिलाई भइरहनुले केही दल अझै पनि संविधान निर्माण प्रक्रिया लम्ब्याउने पक्षमा रहेको देखिएको आरोप लगाए । “कुनै पनि हालतमा एकवर्षभित्र संविधान जारी हुनुपर्छ,” उनले भने ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>