थप समाचारसोमबार, फाल्गुण २६, २०७०
नवलपरासीमा ट्रयाक्टर दुर्घटना, १२ घाइते
नवलपरासीको दाउन्नेस्थित खुर्साने खोलामोडमा २६ फागुन दिउँसो ट्रयाक्टर दुर्घटना भएको हो । दुुम्किबासबाट बालुवा लिएर बर्दघाटतर्फ जाँदै गरेको लु २ प ६१३६ नम्बरको ट्रयाक्टर ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित घाँस, दाउरा लिएर घर फर्कदै गरेका महिलाहरु घाइते भएका छन् ।
- नवलपरासीको दाउन्नेस्थित खुर्साने खोलामोडमा दुर्घटनाग्रस्त ट्रयाक्टर । तस्वीरः विद्रोही गिरी
दुर्घटनामा परी माकर–४ की २८ बर्षीया अनिता गुरुङ्ग, २९ बर्षीया देवी देवकोटा, बिष्णु पुलामी, नानुमाया थापा र ३२ बर्षीया धनमाया चौधरी गम्भीर घाईते भएको ट्राफिक प्रहरीका असई प्रेम श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी बालकुमारी सिंजाली, शान्ता क्षेत्री, शान्ति श्रेष्ठ, ट्रयाक्टर चालक पञ्चनगर–२ का लोकबहादुर थापा, ट्रयाक्टरका सहयोगी किसान चौधरी र विकेक थापा घाईते छन् । उनीहरु सबैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
बर्दघाटको मेडिकलमा उपचार हुन नसकेपछि सबै जनालाई बुटवल लगिएको श्रेष्ठले जानकारी दिए ।
विद्रोही गिरी, नवलपरासी

