समाचारआइतबार, भाद्र ३, २०६९

सत्ता लम्ब्याउन सरकार षडयन्त्रमा लागेको कांग्रेसको ठहर

हिमालखबर

कांग्रेसले सरकारले राजीनामा नदिएसम्म कुनै पनि विकल्पमा नजाने निर्णय गरेको प्रवत्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । सरकारको नेतृत्व दावी गरिरहेको कांग्रेसले अब सरकारको राजीनामा पछि मात्रै अन्य विकल्पमा जाने घोषणा गरेको हो । बडुले राजनीतिक निकासका लागि विकल्पमा बाटाहरु भए पनि सरकारले राजिनामा नदिएसम्म कुनै विकल्पमा नजाने निर्णय गरेको बताए।

बैठकले सत्तारुढ दलले सत्ता लम्ब्याउनकै लागि अहिलेको मोर्चा बनाएको पनि ठहर गरेको छ । बैठकमा बोल्ने नेताहरुले विभिन्न सरकारी संयन्त्रमा माओवादी सहितका सत्तारुढ दलले कब्जा जमाईसकेको र त्यस्लाई तोड्न पनि सरकार हटाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>