समाचारमंगलबार, फाल्गुण २७, २०७०
चाँडै स्थानीय निर्वाचनको घोषणाः उपप्रधानमन्त्री सिंह
२७ फागुनमा नेपाल प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिँहले स्थानीय निकायको निर्वाचनका लागि स्थानीय विकास मन्त्रालयले गृहकार्य गरिरहेको बताएका छन् ।
सवै दलहरुसँगको सहमतिमा स्थानीय निकायको चुनाव गर्ने प्रयास भइरहेको बताउदै उनले भने “स्थानीय निकायको निर्वाचन चाँडै हुन्छ । वातावरण तयार गर्नका लागि गृहकार्य भइरहेको छ ।’’
लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहिन हुँदा विकास निर्माणका काम प्रभावित भएको र अनयिमतिता बढेको सिंहको भनाई थियो । स्थानीय निकायकालाई जनप्रतिनिधिमूलक बनाउन र विकास निर्माणलाई गति दिन चुनाव आवश्यक भएको उप्रधानमन्त्री सिंहले बताए ।
उनले भने ‘‘विधि र प्रक्रिया पुरा भएपछि मिति घोषणा गर्छौं । विधि र प्रक्रिया पुरा गर्नका लागि ऐननियम संसोधन गर्ने बारेमा गृहकार्य भइरहेको छ ।’’
बच्चु विक, महेन्द्रनगर
