समाचारमंगलबार, फाल्गुण २७, २०७०

नेविसंघले अनुसन्धानमा प्रहरीलाई सघाउने

हिमालखबर

नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियू सभापति शुभराम बस्नेत र नेविसंघका नेता राकेश विक्रम शाही १९ फागुन विहान ३ बजे हतियारसहित पक्राउ परेको विरोधमा सडकमा आन्दोलन गर्दै आएको नेविसंघले अब प्रहरी प्रशासनबाट भइरहेको छानविनमा सहयोग पुर्‍याउने जनाएको छ ।

“कानून अनुसार हुने जुनसुकै कामकारवाहीलाई नेविसंघले विगतदेखि नै निरन्तररुपमा सम्मान एवम् समर्थन गर्दै आएको सर्वविदितै छ,” नेविसंघ अध्यक्ष रञ्जित कर्णद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेविसंघबाट अनुसन्धानलाई प्रभावित पार्ने गरी कुनै पनि किसिमका विरोधका कार्यक्रम नगरिएको र नगर्न नगराउन नेविसंघ केन्द्रीय समितिले निर्देशन गरिसकेको छ ।”

यसअघि नेविसंघले काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले आफ्ना नेताहरुले फसाउन थालेको भन्दै विरोधका कार्यक्रम गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>