समाचारमंगलबार, फाल्गुण २७, २०७०
दल दर्तामा १० हजारको हस्ताक्षर हटाउनु पर्छः आयुक्त यादव
निर्वाचन आयोगद्वारा आयोजित समीक्षा गोष्ठीमा बोल्दै आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक दल दर्ता गर्न १० हजार मतदाताको हस्ताक्षर बुझाउनु पर्ने कानुन प्रावधान संशोधन गरी न्यूनताम मत सीमा तोकी तोकेबमोजिमको मत प्राप्त गर्ने दललाई राजनीतिक दलको मान्यता दिनुपर्ने व्यवस्था गर्न सुझाव दिइने बताएका छन् ।
उनले केही राजनीतिक दलको मतचिह्न सुधारका लागि चार वटा मतदान चिह्नमा एउटा छान्न अवसरसमेत दिइने जानकारी दिए ।
