थप समाचारमंगलबार, फाल्गुण २७, २०७०

जिप दुर्घटनामा २ को मृत्यु, १२ घाईते

हिमालखबर

गुल्मीको ठूलोलुम्पेकबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज १९५८ नम्बरको जीप दुर्घटना हुँदा ठूलोलुम्पेक ३ का ६४ वर्षीय सन्त बहादुर राहाडी र उनकी श्रीमती ६९ वर्षीया ठगीमाया राहाडी को मृत्यु भएको छ । उनीहरुको उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटैमा मृत्यू भएको हो ।

जीप बुटवलका लागि छुटेको केही समयमै ठूलोलुम्पेक ३ कुँडार भन्ने ठाउँमा ५० मिटर तल खस्दा अन्य ११ जना घाईते भएको स्थानीय जीतु तरामुले बताए । दुर्घटनामा घाईते ४ जनाकोे लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

सामान्य अबस्थामा रहेकाहरुमा चालक ग्वादीका डम्मर कुँवर, ठूलो लुम्पेक ३ का तेजमान राहादी, ओम राहादी, सुशील कुँवर, सुशील रुचाल ,गाडी धनि नर प्रसाद थापा, ठूलो लुम्पेक ४ का टोफा पुलामी र बुटवल तामनगर निबासी देउ बहादुर राहादी मगरको रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

घटनास्थल सदरमुकाम तम्घासदेखि १४ कोष टाढा पूर्वमा पर्छ । ब्रेक फेल भएर गाडी खसेको चालकले बताएपनि प्रहरीले भने दुर्घटनाबारे अनुसन्धान भैरहेको बताएको छ ।

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>