समाचारमंगलबार, फाल्गुण २७, २०७०

गैरकानूनी काम गर्नेलाई सजाय हुनै पर्छ: गगन थापा

हिमालखबर

गगन थापा

पहिलो कुरा त कानूनी शासनसँग सम्बन्धित छ । नेपाली कांग्रेस कानूनको शासनमा विश्वास गर्दछ। पार्टीले आफ्नो घोषणापत्रमा समेत ‘विधिको शासनलाई शासनसत्ता संचालनको सैद्धान्तिक र व्यवहारिक आधार मान्ने’ कुरा प्रष्टताका साथ उल्लेख गरेको छ ।

कानूनको शासनमा कुनै विचार, आस्था, शक्ति वा पदसंग जोडिएकै आधारमा कोही पनि छुट पाउने वा सजाय पाउँने भन्ने हुँदैन र हुनुहुँदैन ।

अनुसन्धानको चरणमा प्रवेश गरिसकेको विषयमा कहीं कतैबाट प्रक्रियालाई नै प्रभावित पार्ने गरी गरिने क्रियाकलापहरू लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको अवधारणा र नेपाली कांग्रेसको नीति विपरीत हुन्छन् । कानूनतस् दोषी देखिन्छ भने सत्तारुढ दलको सदस्य वा शुभेच्छुक भएकै आधारमा उन्मुक्ति पाउनु हुँदैन तर कानुनतस् सही ठाउँमा छन् भने अरु कुनै आग्रह पनि राखिनु हुँदैन ।

मेरो कामना छ नेविसंघका साथीहरू पनि निर्दोष प्रमाणित हुन सकून् । तर अहिले घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा उसले कुनै पनि आग्रह(पुर्वाग्रहविना कसैको दबावमा नपरीकन यसलाई निष्कर्षमा पुर्याउन पाउनु पर्दछ। कानूनसम्मत अनुसन्धान प्रक्रियामा सहयोग गर्नु हामी सबैको कर्तव्य पनि हो ।

यदि कसैले कुनै पक्ष, आस्था वा दलसँग नजिक भएकै आधारमा छुट पाउनुपर्छ भन्ने ठान्दछ र शक्तिको दुरुपयोग गर्दछ भने त्यो गलत हो ।

चाहे म वा अन्य जो कोही नै किन नहोस् यदि कुनै पनि गैरकानूनी कार्यमा संलग्न छ भने त्यसले कानून बमोजिमको सजायका निम्ति तयार रहनुपर्दछ ।

अर्कोतर्फ हातहतियार सम्वन्धी कानूनले हतियार कसले राख्न पाउने, कसले नपाउने र कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने सन्दर्भमा पनि सीमा निर्धारण गरेको छ। कानुनी रुपमा नै हतियार राख्न पाउने व्यवस्थाको व्यापक दुरुपयोग भएर धेरै घटनाहरू घटिरहेका छन्।

नागरिकले हतियार राख्न पाउने कानूनी व्यवस्थाको सामयिकताको बारेमा बहस गर्नुपर्ने आवश्यकता देखिन्छ जुन विषयमा सबैको ध्यान जान सकोस् ।

नेपाली कांग्रेसका नेता गगन थापाको फेसबुकबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>