समाचारबुधबार, फाल्गुण २८, २०७०

दूधको मूल्यमा भारी वृद्धि

हिमालखबर

दुग्ध विकास संस्थान सञ्चालक समितिको बैठकले दूधको मूल्यमा प्रतिलिटरमा ६ देखि आठ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेको छ । जसअनुसार संस्थानले वितरण गर्दै आएको हरियो प्याकेटको (स्ट्यान्डर) दूधको मूल्य ३० बाट बढाएर ३४ रुपैयाँ प्रतिप्याकेट पुर्‍याएको छ ।

त्यस्तै नीलो प्याकेटमा रु २५ का दरले उपभोक्तलाई उपलब्ध गराउँदै आएको दूधको मूल्य बढाएर २८ रुपैयाँ कायम गरिएको छ ।

दूधको उत्पादन लागतमा मूल्यवृद्धि हुन गई किसानलाई मर्का परेकाले व्यवसायलाई आकर्षण गर्न दूधको मूल्यमा वृद्धि गर्नु परेको संस्थानका निमित्त महाप्रबन्धक रामतपेश्वर चौधरीले जानकारी दिए ।

किसानले संस्थानलाई दूधको मूल्य वृद्धि गर्न केही समयअघि देखि दबाब दिँदै आएका थिए । यो मूल्यवृद्धि हालसम्मकै उच्च हो । एक्कासि मूल्यवृद्धि भएकामा उपभोक्ता आक्रोशित भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>