थप समाचारबुधबार, फाल्गुण २८, २०७०

थप दाइजो माग्नेसँग सम्बन्ध विच्छेद

हिमालखबर

नरेशले किरणलाई अंशबापत रु सात लाख ५१ हजार बुझाए पछि दुवैबीच सम्बन्ध विच्छेद भएको अदालतले जानकारी दिएको छ । आरोपित पतिसहित घरपरिवारका सदस्यले थप दाइजो माग्दै २०६९ भदौ ११ गतेदेखि घरनिकाला गरेको भन्दै पीडितले २०६९ असोज ७ गते अंशबन्डा मुद्दा दर्ता गरेकी थिइन् ।

यसैगरी, दाइजोबापत आरोपितले लिएको नगद र गरगहनासहित रु १४ लाख भराई पाउन माग गर्दै किरणले अदालतमा गत सोमबार निवेदन दिएकी थिइन् ।

आरोपितसँग २०६७ जेठ १० गते सामाजिक परम्पराअनुसार विवाह गरेकी पीडित घरनिकालापछि भारत विहारको सुपौल जिल्लाको रतनपुरास्थित माइतको शरणमा बस्दै आएकी थिइन् ।

यसैबीच, अन्तर्जातीय प्रेमविवाह गरेकी सप्तरीकी एक थारु महिलाले उनका पति २३ वर्षीय सकलदेव राम चमारसँग नाता कायमका लागि अदालतमा मुद्दा दर्ता गराएकी छन् ।

मधुपट्टी गाविस–३ की २१ वर्षीया बन्दनादेवी चौधरी रामले नाबालक छोरा र आफ्नो हकमा समेत नाता कायम मुद्दा दर्ता गरेको अदालतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>