समाचारबिहीबार, फाल्गुण २९, २०७०
तेह्रथुममा गाडी दुर्घटना हुँदा एकको मृत्यु
पाँचथरको फिदिमबाट तेह्रथुमको थोक्लुङतर्फ जाँदै गरको जिप थोक्लुङ–७ मिलन प्रावि नजिकै दुर्घटना भएको हो । २८ फागुन राति भएको दुर्घटनामा स्थानीइ मिलन कन्दङ्वाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा तेह्रथुम संक्रान्ती–१ की उषा लिम्बु, पाँचथर नवमीडाँडा–८ की रुपा आङदेम्बे र चालक योगेन्द्र लिम्बू घाइते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरमा ट्रयाक्टर पल्टिदाँ १६ घाइते
मेची राजमार्गको पाँचथर–ताप्लेजुङ सडकखण्डमा पर्ने अमरपुर गाविस–१ म ट्रयाक्टर पल्टिदाँ १६ जना घाइते भएका छन् । पाँचथरको नाँगीबाट अमरपुर जाँदै गरेको मे १ त ३७६५ नम्बरको ट्रयाक्टर २८ फागुन साँझ सडकबाट ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काले जानकारी दिए ।
घाइतेमध्ये १२ जनाको अवस्था चिन्ताजनक छ । गम्भीर घाइतेमध्ये ७ जनालाई पाँचथर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
लक्ष्मी गौतम, पाँचथर
