समाचारबिहीबार, फाल्गुण २९, २०७०

भारतीय कुटनीतिज्ञ देवयानीविरुद्धको अमेरिकामा आरोप खारेज

हिमालखबर

अमेरिकास्थित भारतीय दूतावासमा कार्यरत कुटनीतिज्ञ देवयानीमाथि भिसा धोखाधड़ी र न्यूयोर्कमा आफ्नी घरेलू कामदारलाई तोकिएको मापदण्डभन्दा कम तलव दिएको आरोप लागेको थियो ।

अमरीकी अदालतको फैसलामा ‘देवयानीलाई कुटनीतिक विशेषाधिकार अनुसार उनीमाथि लागेको अभियोग ख़ारेज गरिएको’ उल्लेख गरिएको बीबीसीले जनाएको छ । त्यसैगरी उनको जमानतका शर्त र मुचुल्का पनि रद्द गरिएको अदालतले जनाएको छ ।

घरेलु कामदारलाई न्यून तलब दिएको र उनलाई भिसा दिलाउन गलत सूचना दिएको आरोपमा देवयानीलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको थियो । उनको शरीरको खानतलासी समेत लिएर अमेरिकी प्रहरीले कुटनीतिज्ञलाई यातना दिएको भन्दै भारतमा त्यसको ठूलो विरोध भएको थियो ।

देवयानीकै मुद्दालाई लिएर भारत र अमेरिकाबीचको सम्बन्धमा समेत तनाव आएको थियो । आफ्नो कुटनीतिज्ञमाथि दुव्र्यवहार भएको भन्दै प्रतिक्रिया स्वरुप भारतले दिल्लीस्थित अमेरिकी दूतावास र कुटनीतिज्ञलाई दिंदै आएको विशेष सुरक्षासमेत हटाएको थियो ।

पछिल्लो समय भारतले देवयानीलाई दूतावासबाट संयुक्त राष्ट्रसंघमा सरुवा गरेपछि उनी भारत फर्किसकेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>