समाचारबिहीबार, फाल्गुण २९, २०७०
संविधानसभामा नियमावली मस्यौदा पेश
संविधानसभा मस्यौदा समितिले पारित गरेको संविधानसभा नियमावली २०७० मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले पेश गरेका छन् ।
मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णको सभापतित्वमा २८ फागुनमा बसेको समितिको बैठकले संविधानसभा नियमावली र व्यस्थापिका–संसदको कार्यासञ्चालन नियमावली २०७० को मस्यौदा पारित गरेको थियो ।
उक्त नियमावली संविधानसभा सदस्यहरुले अध्ययन गरी अनुमोदन गरेपछि लागु हुनेछ । संविधानसभाको अर्को बैठक ५ फागुनमा बस्नेछ ।
