समाचारबिहीबार, फाल्गुण २९, २०७०

एकताका लागि वातावरण बनेको छ: वैद्य

हिमालखबर

पार्टी कार्यालय बुद्धनगरमा २९ फागुनमा पत्रकार सम्मेलन गरेर नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले मुलुकमा पहिचानसहितको संघीयता स्थापित नगराई स्थानीय निकायको निर्वाचन गर्ने केही दल र सरकारको तयारीले गंभीर आशंका उत्पन्न गराएको बताएका छन् ।

उनले सत्यनिरुपण तथा मेलमिलप आयोग गठन गरेर द्वन्द्वकालमा भएका घटनको समाधान गर्ने विस्तृत शान्ति संझौता र अन्तरिम संविधानमा भएको व्यवस्थालाई कांग्रेस, एमाले र सरकारले उल्लंघन गरेको आरोपसमेत लगाए ।

संविधानसभा निर्वाचन बहिस्कार गरेको दलका अध्यक्ष वैद्यले संविधानसभा सदस्य निर्वाचनसँगै मुलुक २०४७ सालमा फर्किको दाबी गर्दै भने, “यथास्थितिवादी शक्तिको बहुमत भएकाले एमाओवादीले मात्रै जनपक्षीय संविधान बनाउन सक्दैन ।”

उनले फरक राजनीतिक कार्यदिशा भए पनि पार्टी एकताका लागि छलफलको वातावरण भने बनेको बताए ।सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् ‘जनयुद्ध’ कालका मुद्दाको छानबीन गर्नुपर्ने विषयमा दुवै पार्टी एक भएको उनको भनाई थियो ।

यसअघि स्थानीय निकाय निर्वाचनको विरोध र हिंसात्मक द्वन्द्वका बेला गम्भीर अपराध गर्ने दोषिलाई कार्वाही नगर्ने भन्दै एमाओवादी अध्यक्ष दाहाल र वैद्यले संयुक्त विज्ञप्ति समेत जारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>