थप समाचारबिहीबार, फाल्गुण २९, २०७०

होलीमा ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना

हिमालखबर

होलीका क्रममा गरिने ट्राफिक नियम उल्लङ्घन र लापरबाहीका कारण विगत वर्षमा हुने गरेका दुर्घटना क मगर्न विशेष सुरक्षा योजना लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी उपरीक्षक वसन्त पन्तका अनुसार होलीका क्रममा अत्यधिक मादक पदार्थ सेवन, लापरबाही तवरले गरिने सवारी सञ्चालन जस्ता कारण हुने गरेका दुर्घटना तथा ट्राफिक नियमको उल्लङ्घन लगायतका कुरालाई दृष्टिगत गरी सुरक्षा योजना ल्याउन लागिएको हो ।

पछिल्लो समयमा काठमाडौँ महानगरपालिकाले गरेको निःशुल्क पार्किङ कार्य व्यवस्थित हुन नसक्दा समस्या आइरहेका कारण त्यसलाई पनि व्यवस्थित गराउनेतर्फ ट्राफिक प्रहरी लागिरहेको उनले बताए ।

फुटपाथ अतिक्रमणले आवतजावत एवम् यातायात व्यवस्था पनि प्रभावित भइरहेका कारण पछिल्लो समयमा ट्राफिक प्रहरीले काठमाडौँको माइतीघरबाट तीनकुनेसम्मको फुटपाथलाई व्यवस्थित गराउन लागेको पन्तले जानकारी दिए ।

पन्तका अनुसार भर्खर सवारीचालक प्रमाणपत्र लिने व्यक्तिहरूलाई ट्राफिक प्रहरीले सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीका लागि जानकारीमूलक कार्यक्रम पनि विगत दुई महिनाअघिदेखि सञ्चालन गर्दै आएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>