थप समाचारशुक्रबार, फाल्गुण ३०, २०७०

सुदूरपश्चिम एड्सको जोखिममा,करिब तीन सयको मुत्यु

हिमालखबर

एचआइभीएड्सको संक्रमण रोकथामको पक्षमा काम गर्दै आइरहेको कञ्चनपुरको फेथ नामक गैरसरकारी संस्थाको तथ्याङ्कमा सुदूरपश्चिममा हालसम्म एड्सको संक्रमणका कारण ३५८ जनाको मुत्यु भएको छ ।

फेथका संयोजक नवराज पाण्डेयका अनुसार मृत्यु भएका अधिकांश रोजगारीका लागि भारतबाट फर्किएका व्यक्ति रहेका छन् । भारतबाट रोजगारी गरी फर्केकाहरुले घर फर्कंदा एचआइभी सङ्क्रमित भएर आउने र यहाँ आएर समयमै उपचार नगरेका कारण उनीहरुको मुत्यु भएको संयोजक पाण्डेयले जानकारी दिए ।

संक्रमित हुनेहरुमा सबैभन्दा बढी अछाम जिल्लाका छन् ।

संयोजक पाण्डेयले नेपालमै काठमाडौँपछिको दोस्रो एचआइभी  केन्द्र सुदूरपश्चिम बन्दै गएको बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>