समाचारशुक्रबार, फाल्गुण ३०, २०७०
स्थानीय निर्वाचन ६ महिनामा सम्भव छैन: उपप्रम गौतम
नेकपा एमाले डोल्पाको पाँचौँ अधिवेशन उद्घाटन गर्न ३० फागुनमा डोल्पा आइपुगेका उपप्रधानमन्त्री वामदेव गौतमले स्थानीय निकायको निर्वाचन अब बाँकी तीन महिनाभित्र गराउन समय अभाव भएको र त्यसपछि वर्षा मौसम शुरु हुने भएकाले वर्षापछि मात्रै मात्र निर्वाचन गराइने बताएका छन् ।
सो अवसरमा जिल्लास्थित राजनीतिक दलले निर्माणाधीन जाजरकोट–डोल्पा सडक, मसिनेचौर विमानस्थलको स्तरवृद्धि, पोखरा–डोल्पा र भैरहवा–डोल्पा सिधा हवाई उडान व्यवस्था, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा सुर्खेतको काँक्रेविहारमा पर्यटकीय पूर्वाधार, उपल्लो डोल्पामा रहेको चीनको सीमा क्षेत्रको सुरक्षा, यार्सागुम्बाको अवैध निकासी रोक्न साल्दाङ र तिन्जे गाविसबीचमा सशस्त्र प्रहरी बल व्यवस्था, यार्सागुम्बा उत्पादन हुने मौसममा डोल्पा र रुकुमको सिमानामा हुने हिंसा नियन्त्रणका लागि स्थायी प्रहरी चौकीको व्यवस्था जस्ता माग राखेका थिए ।
