समाचारशुक्रबार, फाल्गुण ३०, २०७०

प्रधानमन्त्री कोइरालाले भ्रमणभत्ता फिर्ता गरे

हिमालखबर

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यान्मार भ्रमण गर्दा प्राप्त भ्रमणभत्ता प्रधानमन्त्री सुशील कोइरालाले फिर्ता गरेका छन् ।

बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिनजाँदा प्रधानमन्त्री कोइरालाले नियमानुसार पाएको ६५० अमेरिकी डलर (करिब रु ६३ हजार ४२७) परराष्ट्र मन्त्रालयलाई ३० फागुनमा फिर्ता गरेका हुन् ।

प्रधानमन्त्रीले फिर्ता गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कोइराला २० फागुनमा म्यान्मारको राजधानी नेपिटमा सम्पन्न शिखर सम्मेलनमा भाग लिन सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>