समाचारसोमबार, भाद्र ४, २०६९
अहिलेको सरकारबाट निकास सम्भव छैनः महासचिव थापा
चितवनको रत्ननगरमा ४ भदौमा कार्यकर्ता प्रशिक्षणका क्रममा बोल्दै महासचिव थापाले अहिलेको सरकारले तत्कालै राजीनामा दिएर सहमतिका लागि बाटो खुला गर्नुपर्नेमा जोड दिए । थापाले कार्यक्रममा भने,’यो सरकारको न त संवैधानिक अधिकार छ न त अन्य दलहरुले नै विश्वास गरेका छन् ।’
सरकारकै कारण देशमा राजनीतिक जटिलता बढ्दै गएको उल्लेख गर्दै थापाले शान्ति प्रकि्रयाको पूर्णता र नयाँ संविधान निर्माणका लागि सहमतीय राष्ट्रिय सरकार आवश्यक रहेको बताए । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई दक्षिणपन्थी धारमा लागेकाले पार्टीमा विचलन आएको उल्लेख गर्दै महासचिव थापाले आफूहरु जनचाहनालाई पूर्णता दिन पनि अलग हुनुपरेको दाबी गरे ।
आफ्नो पार्टीले देशभर कार्यकर्ता प्रशिक्षण र सङ्गठन विस्तारलाई तीव्रताकासाथ अगाडि बढाएको उल्लेख गर्दै उनले कार्यकर्तालाई सङ्गठनको विचार गाउँगाउँसम्म पुर् याएर जनमत बटुल्नसमेत निर्देशन दिए । प्रशिक्षणमा पूर्वी चितवन क्षेत्रका सयभन्दा बढी कार्यकर्ताको सहभागिता रहेको छ । रासस
