समाचारशनिबार, चैत्र १, २०७०
नेपाली टोली चितगाँवमा अन्तिम अभ्यास गर्दै
१ चैत विहान मात्र ढाकाबाट चितगाँव आइपुगेको टोली २ चैतमा खेल हुने सोही स्टेडियममा अभ्यासरत छ ।
म्याच प्रेस कन्फेरेन्समा कप्तान पारस खड्काले नेपाली टीम ‘बिग म्याच’का निम्ति तयार रहेको बताए । अभ्यास चरणका खेलमा लगातार पराजित हुँदा राम्रो प्रदर्शन हुन नसकेको देखिए पनि औपचारिक खेलका निम्ति टीम पूर्णतः तयार भइसकेको उनको भनाइ थियो
।
अब टिमलाई गल्ती गर्ने छुट नभएको उल्लेख गर्दै कप्तान खड्काले फेरि अभ्यास चरणका खेलमा झैं गल्ती दोहोर्याउने हो भने टीमले राम्रो क्रिकेट खेल्न नसक्ने र राम्रो नतिजा दिन समेत गाह्रो हुने बताए ।
नेपाली टीमले सकेसम्म राम्रो क्रिकेट खेल्ने प्रयास गर्ने बताउँदै उनले टीमका सबै सदस्य प्रतियोगिताका निम्ति पूर्णतः फिट भइसकेको जानकारी समेत दिए ।
हंगकंगले समेत सोही मैदानमा अभ्यास गरिरहेको छ ।

