समाचारशनिबार, चैत्र १, २०७०
बाबुद्वारा ६ महिने छोराको हत्या
धरानको पाँचकन्या–३ पानबारी रायचौरीका ४५ वर्षीय हस्तबहादुर कार्कीले मादकपदार्थ सेवन गरी ३० फागुन साँझ ६ महिने छोराको हत्या गरेका छन् ।
हस्तबहादुरले ६ महिनाका सागर कार्कीलाई पछारेर हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
आफ्नी पत्नीसँग झगडा भएपछि आक्रोशित भएका कार्कीले छोरालाई पछार्दा बालकको निधन भएको प्रहरीले जनाएकोे छ । विहे गरेको १ महिना नवित्तै उनकी पत्नीले छोरा जन्माएकी थिइन् ।
अरुबाटै गर्भवती भएको थाहा पाएर पनि राजीखुशीले विवाह गरेका कार्कीको पत्नीसँग त्यसै विषयलाई लिएर बारम्बार झगडा हुने गरेको छिमेकीले बताएका छन् । छोरालाई बचाउन जाँदा आमालाई समेत कार्कीले काठ ताछ्ने बसिलाले टाउकोमा प्रहार गरी घाइते बनाएका छन् ।
कार्कीलाई पाँचकन्या प्रहरीले नियन्त्रणमा लिई इप्रका धरानलाई बुझाएको छ ।
सोहन श्रेष्ठ, धरान

