समाचारमंगलबार, भाद्र ५, २०६९

अध्यादेशलाई लिएर राष्ट्रपतिले विज्ञप्ति जारी गर्नु उपयुक्त थिएनः श्रेष्ठ

हिमालखबर

क्रान्तिकारी पत्रकार संघ धनुषाले ५ भदौमा जनकपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिका लागि आफूहरु अन्य दलसँग छलफल गर्न तयार रहेको भन्दै सरकार ठूलो आफूहरुका लागि शान्ति र संविधान भएको बताए ।

एक प्रश्नको उत्तरमा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिले सरकारसँग कुनै छलफल नै नगरी अध्यादेश फिर्ता पठाएकोमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘अध्यादेशलाई लिएर राष्ट्रपतिले विज्ञप्ति जारी गर्नु उपयुक्त थिएन ।’ अर्को प्रश्नको उत्तरमा उपप्रधानमन्त्री श्रेष्ठले संविधानसभा विघटनपछि सरकार र राष्ट्रपति दुईवटा मात्र संस्था रहेको र उनीहरुबीच टकरावको स्थिति नआओस् भन्नेतर्फ हामी सजग हुनुपर्नेमा जोड दिए । श्रेष्ठले जनकपुरलाई देशको सांस्कृतिक नगरी बनाउनेतर्फ सरकारले ध्यान दिने बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>