समाचारआइतबार, चैत्र २, २०७०

आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्न प्रमको निर्देशन

हिमालखबर

himalkhabar.com१६ विद्यार्थी सङ्गठनले २ फागुनमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता गरी नेपाल आयल निगमभित्रको अनियमितता अन्त्य गर्न माग गरेपछि कोइरालाले विद्यार्थीहरुसँग वार्ता गरी समस्याको निकास खोज्न निर्देशन दिएका छन् ।

ज्ञापनपत्र बुझेपछि कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र सम्बद्ध अधिकारीलाई विद्यार्थी सङ्गठनसँग तत्काल वार्ता गर्न निर्देशन दिएका हुन् । उनले सरकार मूल्य समायोजन गर्न तयार रहेको जनाउ पनि दिएका थिए ।

प्रधानमन्त्री कोइरालाले सरकार वार्ता र संवादबाट समस्याको समाधान गर्न तयार रहेकाले विरोधका क्रममा बन्द÷हड्तालका कार्यक्रम नल्याउन विद्यार्थी नेतालाई आग्रह गरेको भेटमा सहभागी अनेरास्ववियु क्रान्तिकारी का कोषाध्यक्ष लालबहादुर तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>