समाचारआइतबार, चैत्र २, २०७०

सप्तरीमा महिला अधिकारकर्मीको हत्या

हिमालखबर

आफ्नै घरमा सुतिरहेकी त्रिकौल गाविस ५– की निर्मला साह स्वर्णकारको १ चैत राति छुरा प्रहार गरी हत्या भएको छ । मृतकका पति जयलालको पनि चार बर्षअघि अज्ञात समूहबाट हत्या भएको थियो ।

यसअघि २४ फागुनमा सप्तरीकै नजराना खातुनको जिउँदै जलाएर हत्या भएकोे थियो ।

कुरीतिजन्य हिंसा अन्तर्राष्ट्रिय संजाल तथा एकल महिला समूह सप्तरीकी सदस्य ३५ बर्षीया स्वर्णकारको घरमा एक्लै सुतिरहेका बेला हत्या भएको हो ।

तीन सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको र छोरा कामको सिलसिलामा बाहिर गएको अवस्थामा छिमेकीहरुले उनलाई २ चैत विहान मृत फेला पारेका थिए । निर्वस्त्र अवस्थामा मृत फेला परेकी साहको पेटमा छुरा घोंपिएको छ । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनको हत्या कसले किन गरेको हो भन्ने बारे खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक राजकुमार बैदबारले बताए ।

यसैबीच कुरीतिजन्य हिंसा अन्तर्राष्ट्रिय संजालकी जिल्ला अध्यक्ष अनिता देबकोटाले स्वर्णकारको हत्या नजिककै व्यक्तिबाट हुन सक्ने भन्दै गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड् दिएकी छिन् ।

“छलफलहरुमा आउँदा उनले आफन्तबाटै बिभिन्न किसिमको धम्की आउने गरेको सुनाउँथिन,” देवकोटाले भनिन, ‘‘त्यसैले आफन्तबाटै हत्या भएको हुन सक्छ ।”
श्रवणकुमार देव/राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>