थप समाचारसोमबार, चैत्र ३, २०७०
भ्यान दुर्घटनामा एकको मृत्यु
तेह्रथुम संक्रान्तिमा २ चैत राति भ्यान दुर्घटना भएको हो । दुर्घटनामा संक्रान्ति–१ का ७३ वर्षीय तारानाथ उप्रेतीको मृत्यु भएको छ ।
उनको उपचारका लागि प्राथमिक उपचार केन्द्र संक्रान्तिमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय होमबहादुर गौतमको घरमा लगाइएको पुराणमा पुगेर फर्किने क्रममा उनी चढेको मे १ च २६६६ नम्बरको भ्यान दुर्घटना भएको हो ।
दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । फरार भ्यान चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिले जनाएको छ ।
रासस
