थप समाचारसोमबार, चैत्र ३, २०७०

प्रहरीको गोली लागेर एक जना घाइते

हिमालखबर

दोलखाको मैनापोखरीमा प्रहरी र स्थानीयबासिन्दाबीच ३ चैत बिहान झडप भएको हो । झडपमा चलाएको गोली लागेर दोलखा, काब्रे गाविस–३ का अमिर घिमिरे घाइते भएका छन् । उनलाई  दोलखास्थित मोडल अस्पतालमा उपचारपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते घिमिरे उपचारपछि । तस्वीरः सर्मिला बुढाथोकी

काब्रे गाविसको मैनापोखरीमा रहेको प्लाईउड कारखानाका मजदुरलाई हातपात गर्नेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

स्थानीय युवाले २ चैत साँझ प्लाईउड कारखानाका मजदुरलाई हातपात गरेका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले घाइते घिमिरे, तेजबहादुर तामाङ र सुमित्रा मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>