समाचारमंगलबार, चैत्र ४, २०७०
दुर्घटनामा दुईको मृत्यु
रुपन्देहीको सालझण्डीमा ३ चैतमा राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सालझण्डी गाविस–२ मा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय मानू थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, ३ चैत राति नै मोतिपुर–५ मा भएको मोटरसाइकल दुर्घटनामा बुटवल–११ का प्रकाश श्रीषको मृत्यु भएको छ । उनीहरुको दुवैको शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।
