थप समाचारमंगलबार, चैत्र ४, २०७०
होलीमा करिब १० करोडको मदिरा बिक्री
बिम्मी शर्मा, वीरगञ्ज
तराईको ठूलो पर्व होलीका अवसरमा २ र ३ फागुनमा १० करोड भन्दा बढीको मदिरा बिक्री भएको थोक ब्यवसायी शिखर ट्रेड कन्सर्नका सञ्चालक रन्जेश श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढी मदिरा तथा अन्य पेय पदार्थको बिक्री हुने फागु पर्वमा चिसो पेयपदार्थ मात्र ३ करोड भन्दा बढीको बिकी भएको श्रेष्ठले बताए ।
वीरगञ्जकै माईस्थानस्थित खुद्रा ब्यवसायी हिराकाजी महर्जनले अरुबेला दैकि ५ देखि ७ हजारको मदिरा बिक्री गर्ने गरेकोमा होलीमा मात्र ४० हजार भन्दा बढीको मदिरा बिक्री भएको बताए ।
यहाँ होलीका बेला मदिरा र मासुको बिक्री ह्वात्तै बढ्ने गर्छ ।
