समाचारमंगलबार, भाद्र ५, २०६९

गठबन्धनको विरोध गर्नुको अर्थ छैनः दाहाल

हिमालखबर

एमाओवादीको ताम्सालिङ राज्य समितिले ५ भदौमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे युद्ध, २०६२/६३ को संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि गठबन्धन आवश्यक भएको बताएका हुन् ।

पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानको पक्षमा नरहने दलहरु नै यतिखेला पानीमाथिको ओभानो बनेको बताउँदै दाहालले भने , ‘नेपाली काँग्रेस र नेकपा एमाले वास्तविकरुपमा सङ्घीयताका पक्षपाती हुन भने उनीहरुले गठबन्धनको विरोध गर्नुको कुनै अर्थ रहँदैन ।’

पहिचानसहितको सङ्घीयताको पक्षमा कांग्रेस सहमत भए पाँचबुँदे सहमतिअनुसार उसलाई सरकारको नेतृत्व दिन आफ्नो पार्टीलाई कुनै समस्या नभएको दाहालको भनाइ थियो । सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीताका सवालमा कोही कसैसँग पनि सम्झौता नगर्ने उनले कार्यक्रममा उल्लेख गरे ।

प्रशिक्षण कार्यक्रममा पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईले सातौं विस्तारित बैठकपछि पार्टी नयाँ आधारमा अगाडि बढेको र आगामी महाधिवेशनबाट पार्टीले नयाँ गति लिने बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>