थप समाचारबुधबार, चैत्र ५, २०७०

जिपको ठक्करबाट दुईको मृत्यु

हिमालखबर

रुपन्देहीको नयाँगाउँमा जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार बुटवल–५ गोलपार्कका २५ वर्षीय सुभाष बगाले र गुल्मी बडागाउँ–४ की ३२ वर्षीया जोना बगालेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट पश्चितर्फ जाँदै गरेको लु १ ज ६६० नम्बरको जिपले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई नयाँगाउँमा ४ चैत राति ठक्कर दिएको हो । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सोही सडकखण्डमा ३ चैत राति पनि सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>