समाचारबुधबार, चैत्र ५, २०७०

वैदेशिक रोजगार विभागका निर्देशकसहित ९ पक्राउ

हिमालखबर

वैदेशिक रोजगारमा जाने व्यक्तिलाई नक्कली कागजातको आधारमा अन्तिम श्रम स्वीकृति दिएका कर्मचारीलाई अख्तियारले पक्राउ गरेको हो । अख्तियारले निर्देशक अधिकारी, शाखा अधिकृतहरु कुमारप्रसाद पोखरेल, गम्भीरसिंह बिष्ट, लवराज जोशी, बाबुलाल रेग्मी, नायव सुब्बाहरु भीमबहादुर बस्नेत र लक्ष्मी प्रसाद ढुंगानालाई पक्राउ गरेको जनाएको छ ।

यस्तै, कम्प्युटर अपरेटरहरु संजीव नेपाल र सुशील शाक्यलाई पनि अख्तियारले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिलाई नक्कली कागजातको आधारमा उनीहरुले अन्तिम श्रम स्वीकृति दिएकाले उनीहरुलाई हिरासतमा लिएको अख्तियारले जनाएको छ ।

उनीहरुले २८ पुसमा १०९ जना र ३ माघमा ६३ जनाको अन्तिम श्रम स्वीकृति प्रदान गरेको अख्तियारको जिकिर छ । अख्तियारले उनीहरुविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>