थप समाचारबिहीबार, चैत्र ६, २०७०

श्रीमती बिक्री गर्न खोज्ने युवक पक्राउ

हिमालखबर

६ महिनाअगाडि विवाह गरेर ल्याएकी श्रीमतीलाई वीरगञ्जका मोहम्मद हुसेनले ५ चैत बिहान बब्लु भन्नेलाई ५० हजार भारतीय रुपैयाँमा बिक्री गर्न लागेको प्रहरीले दाबी गरेको छ ।

वीरगन्ज–१८ मा पीडितलाई फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका हुसेनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>