थप समाचारबिहीबार, चैत्र ६, २०७०
सञ्जय साह भारततर्फ भागेको प्रहरीको निष्कर्ष
१८ वैशाख २०६९ मा नेपालको सङ्घीय संरचनामा मिथिला राज्य स्थापनाको माग गर्दै जनकपुरके रामानन्दचोकमा शान्तिपूर्ण धर्नामा बसेका व्यक्तिहरुमाथि बम प्रहार गर्न लगाउने मुख्य अभियुक्त सभासद् सञ्जय साहलाई प्रहरीले एक सातासम्म पनि पक्राउ गर्न नसकेपछि उनी भारततर्फ पलायन भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै नेपाल समाचार पत्रले सभासद साहले बोक्ने तीनवटै मोबाइल स्वीच अफ गरिएको र मोबाइल ट्रयाक गर्दा उनी भारततर्फ लागेको देखिएको उल्लेख गरेको छ ।
सञ्जय साह सद्भावना पार्टीका उपाध्यक्ष र धनुषा निर्वाचन क्षेत्र नं। ४ का प्रत्यक्षतर्फका सभासद् हुन् ।
जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोटमा ५ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका थिए ।
