समाचारबिहीबार, चैत्र ६, २०७०

भारतीय लेखक–पत्रकार खुशवंत सिंहको निधन

हिमालखबर

भारतीय पत्रिका ‘नेशनल हेराल्ड’, ‘हिन्दुस्तान टाइम्स’ र ‘द इलेस्ट्रेटेड वीकली अफ़ इंडिया’ का संपादक रहिसकेका भारतीय लेखक, स्तम्भकार तथा पत्रकार खुशवन्त सिंहको ९९ वर्षको उमेरमा निधन भएको छ ।

भारत सरकारकातर्फबाट दिइने उच्च सम्मान ‘पद्म विभूषण’ बाट सम्मानित खुशवन्त सिंहको भारत–पाकिस्तान विभाजनमा आधारित उपन्यास ‘ट्रेन टू पाकिस्तान’ निकै चर्चित छ । उनी हास्य (ह्युमर), प्रखर धर्म निरपेक्षता र कविताप्रतिको प्रेमका लागि पनि चर्चित थिए ।

उनको मृत्युमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दुख प्रकट गरेका छन् । खुशवन्त सिंहले ‘हिस्ट्री अफ सिख’ नामक ऐतिहासिक किताब पनि लेखेका छन् ।

अन्तिम समयसम्म लेखनमा सक्रिय सिंहको ९८ वर्षको उमेरमा ‘खुशवंतनामा: द लेसन्स अफ़ माई लाइफ़’ प्रकाशित भएको थियो ।

उनी १९८६ मा भारतको राज्यसभा सदस्य भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>