समाचारबिहीबार, चैत्र ६, २०७०
टी–२० विश्वकपमा रनरेट बाधक(तालिका सहित)
समूह ए मा रहेको नेपाल ०.५३३ रनरेट कम हुँदा सुपरटेनमा पुग्न नसकेको हो । बंगलादेशको चटगाउँमा ६ चैतमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गर्यो । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई हङकङले दुई विकेटले पराजित गर्यो । नेपाल सुपरटेनमा पुग्न हङकङले बंगलादेशलाई १३.१ ओभरमा पराजित गर्नुपथ्र्यो ।
आफ्नो पहिलो खेलमा हङकङलाई ८० रनले पराजित गरेको नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

