थप समाचारशुक्रबार, चैत्र ७, २०७०

प्रधानमन्त्रीले पारसलाई फोन गरी बधाई दिए

हिमालखबर

बङ्गलादेशको चटगाउँस्थित रङ्गशालामा सम्पन्न खेलमा नेपाली टिमले प्रतिस्पर्धी अफगानिस्तानको टिमलाई ९ रनअन्तरले पराजित गरेपछि प्रधानमन्त्रीले नेपाली टिमलाई बधाई ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

“विदेशी भूमिमा भएको विश्व प्रतियोगितामा विजयी बनी नेपाल र नेपालीको गौरव अभिवृद्धि गराउनुभएकामा तपाईं र तपाईंको टिमका सबै सदस्य र प्रशिक्षकलाई मेरो व्यक्तिगत तर्फबाट, नेपाल सरकारको तर्फबाट र नेपाली काँग्रेस पार्टीका तर्फबाट पनि बधाई ज्ञापन गर्दछु । आउँदा हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धी टिममाथि नेपाली टिमले विजय पाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु,” प्रधानमन्त्री कोइरालालाई उद्धृत गर्दै प्रेस सहयोगी प्रकाश अधिकारीले भने ।

यसैगरी, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बङ्गलादेशमा जारी क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीले प्रदर्शन गरेको उत्कृष्ट खेलप्रति खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>