समाचारशुक्रबार, चैत्र ७, २०७०

अधिकारीको हत्या अभियोगमा दुई पक्राउ

हिमालखबर

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा प्रहरीले फुजेल– ६ का ७४ वर्षीय छविलाल पौडेल र उनका भतिजा ४२ वर्षीय भीमसेन पौडेललाई पक्राउ गरेको छ ।

स्व. कृष्णप्रसाद अधिकारी

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले ६ चैत राति ११ बजे रत्ननगर नगरपालिका–११ बाट भीमसेनलाई र काठमाडौंको मनमैंजुस्थित उनकै घरबाट छविलाललाई पक्राउ गरेको हो ।

काठमाडौंबाट पक्राउ परेका छविलाललाई चितवन ल्याउने तयारी भइरहेको बुझिएकोे छ । कृष्ण अधिकारीको हत्या आरोपमा यसअघि परशुराम पक्राउ परेपनि प्रमाण नपुगेको भन्दै सरकारी वकिलले मुद्दा दर्ता नगरेपछि प्रहरीले रिहा गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले आवश्यक अनुसन्धानका लागि भीमसेन पौडेललाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

अधिकारी दम्पतीलाई प्रधानमन्त्रीले भेटे

छोरा कृष्ण अधिकारीको हत्यारा पक्राउको माग गर्दै  लामो समयदेखि अनशनमा बसिरहेका नन्दप्रसाद र गंगामाया अधिकारीलाई प्रधानमन्त्री सुशील कोइरालाले भेट गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसँगै अधिकारी दम्पतीलाई भेट्न वीर अस्पताल पुगेका प्रधानमन्त्रीले हत्याका दुइ अभियुक्तहरु पक्राउ परेको र अन्यलाई पनि चाँडै पक्राउ गरीने भन्दै अनशन तोड्न आग्रह गरे । जवाफमा अधिकारी दम्पतीले हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने बताएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा रहेका आफ्ना हजुरबुबालाई भेट गर्न आएका कृष्णप्रसादलाई २४ जेठ २०६१ जेठमा माओवादीले रत्ननगर– १ बकुलहर चोकमा अपहरणपछि गोली हानी हत्या गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>