समाचारशनिबार, चैत्र ८, २०७०

विविधतामा आधारित सङ्घीयता हुनुपर्छः अध्यक्ष खनाल

हिमालखबर

नेकपा एमाले केन्द्रीय सङ्घीय मामिला विभागले ८ चैतमा काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी सात प्रदेशको प्रस्तावमा अघि बढिरहे पनि पाँचदेखि नौसम्मको प्रदेशमा छलफल गर्न तयार रहेको बताएका छन् ।

अध्यक्ष खनालले संविधानसभा नियमावली पारित भएसँगै संविधान निर्माण र राज्य पुनःसंरचनाको ठोस प्रक्रिया शुरु भएकाले सबै नेपालीको आर्थिक, सामाजिक हकअधिकार सुनिश्चित गर्न एक वर्षभित्र संविधान जारी गर्नुपर्ने बताए । उनले मुलुकमा संघीयताको आधार भाषिक र जातीय मात्रै हुननसक्नेमा जोड दिए ।

एमालेका सभासद्हरुबीच भइरहेकोे छलफलमा नेताहरुले प्रशिक्षणमूलक मन्तव्य दिने कार्यक्रम छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>