समाचारशनिबार, चैत्र ८, २०७०
छिमेकी राष्ट्रविरोधी काम नगर्न गौतमको चेतावनी
राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सम्मेलनको उद्घटन गर्न बौद्ध पु्गेका गृहमन्त्री वामदेव गौतमले तिब्बती शरणार्थीतर्फ लक्षित गर्दै चीन विरोधी गतिविधि नगर्न चेतावनी दिएका छन् । “शरणार्थीको नाममा नेपालमा पसेर अराजकता मच्चाउने छुट कसैलाई पनि छैन”, गौतमले भने ।
सरकारले गुण्डागर्दीविरुद्ध कडा कदम चालेकाले कानून हातमा लिन खोज्ने जोकोहीलाई ठीक पारिने गृहमन्त्री गौतमले दाबी गरे । उनले स्थानीय निकायको चुनावका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।
