समाचारबिहीबार, भाद्र ७, २०६९

चार जलविद्युत आयोजनाको लाईसेन्स खारेज गर्ने तयारी

हिमालखबर

ताप्लेजुङको माथिल्लो तमोर जलविद्युत् आयोजना (१५ मेगावाट), सिन्धुपाल्चोकको नैसिम खोला (३० मेगावाट), सिन्धुपाल्चोककै माथिल्लो चौरी खोला (६ मेगावाट) र ईलामको पुवाखोला जलविद्युत् आयोजना (५.२ मेगावाट) को लाईसेन्स खारेज गर्न तयारी थालेको हो ।

लाईसेन्स खारेजी अघि सार्वजनिक सूचना प्रकाशित गर्ने स्वीकृतीका लागि विभागले उर्जा मन्त्रालयमा पठाइसकेको छ । लाईसेन्स लिएर पनि विद्युत् खरीद सम्झौता पीपीए, कनेक्सन सम्झौता, वित्तीय व्यवस्थापन लगायत पूरा नगरेकाले ती आयोजनाको लाईसेन्स खारेज गर्ने तयारी भइरहेको हो ।

उर्जा मन्त्रालयले स्वीकृत दिनेबित्तिक्कै सार्वजनिक सूचना प्रकाशित गर्ने र खारेजीमा जाने विभागका महानिर्देशक डिल्लीबहादुर सिंहले जानकारी दिए । विद्युत् उत्पादन अनुमतिपत्रको लागि निवेदन दिएका तर लामो समय बित्दा पनि पीपीए, कनेक्सन सम्झौता, वित्तीय व्यवस्थापन लगायत नगरेकाले ती आयोजनाले ३५ दिन भित्र त्यो पूरा गर्ने संभावना भने छैन । सार्वजनिक सूचना पछि ३५ दिनभित्र चित्तबुझ्दो जवाफ नआए लाईसेन्स खारेज गर्ने महानिर्देशक सिंहले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>