समाचारबिहीबार, भाद्र ७, २०६९
आन्दोलनबाटै सरकार विस्थापन गर्ने एमाले निर्णय
पार्टी कार्यालय बल्खुमा ७ भदौमा बसेको स्थायी कमिटी बैठकले आन्दोलनका लागि पार्टीका सबै शक्ति लगाउने गर्ने निर्णय गरेको छ । सरकार विरुद्ध सबै शक्ति लगाएर आन्दोलनमा उत्रिने निष्कर्षमा पुगेको अध्यक्ष झलनाथ खनालले बताए ।
त्यसैगरी, स्थायी कमिटी बैठकले पार्टीको भातृ संगठन अनेरास्ववियूको विधान अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । विवादका बीच तय गरिएको विधान अधिवेशन स्थगित गर्ने निर्णयमा एमाले पुगेको हो । खनालले आवश्यक तयारी नपुगेकोले अधिवेशन स्थगित गरेको बताए । यसअघि अनेरास्ववियूले ९–११ भदौ सम्म विधान अधिवेशन गर्ने जनाएको थियो ।
