समाचारआइतबार, चैत्र ९, २०७०

एमालेद्वारा सरकारको बिरोध

हिमालखबर

एमाले सभासदहरुले संसदलाई उपेक्षा गरी सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत नगरेको भन्दै बिरोध गरेका हुन् । बानेश्वरस्थित ल्वोत्से हलमा ९ चैतमा बसेको संसदीय दलको बैठकमा सभासदहरुले सरकारले संसदलाई उपेक्षा गरेको बताएको सभासद पार्वत गुरुङले जानकारी दिए ।

बैठकले एमाले संसदीय दलको विधानमा परिमार्जनका लागि पाँच समूह निर्माण गरेको छ । विधान परिमार्जन गर्न सुझाव संकलनका लागि विकास क्षेत्र अनुसार समूह निर्माण गरेको एमालेले जनाएको छ ।

सुझाव संकलनका लागि समूह संयोजकमा पूर्वाञ्चलमा भानुभक्त ढकाल, मध्यमाञ्चलमा सुरेन्द्रप्रसाद पाण्डे, पश्चिमाञ्चलमा गोकर्ण विष्ट, मध्यपश्चिमाञ्चलमा देवराज भार र सुदूरपश्चिममा भीम रावल तोकिएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>